मगर पत्रकार संघ कास्की शाखाको अध्यक्षमा बिनु
पाेखरा | साउन १५, २०७९
पोखरा : नेपाल मगर पत्रकार संघ कास्कीको शाखाको अध्यक्षमा बिनु थापा मगर सर्वसम्मत चयन भएकी छिन् ।
नेपाल मगर पत्रकार संघ कास्की शाखाको दोस्रो जिल्ला अधिवेशनले बिनु थापा मगरको अध्यक्षतामा १३ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा सुरज थापा मगर, सचिवमा प्रविण मगर, सहसचिवमा बल बहादुुर रोका मगर र कोषाध्यक्षमा आशा माया मगर सर्वसम्मत निर्वाचित भएको निर्वाचन मण्डलले जानकारी दिएको छ ।
यस्तै सदस्यहरुमा सुुजन थापा मगर, जुना थापा मगर र सिजन थापा मगर चयन भएका छन् भने बाकी पहिलो बैठकले मनोनित गर्ने निर्वाचन मण्डलले जनाएको छ ।
नेपाल मगर पत्रकार संघ कास्की शाखाको स्थापना २०७२ सालमा रुद्र हितान मगरको अध्यक्षतामा स्थापना भएको गरिएको थियो ।
मौलिक कौराहा पुरस्कार पत्रकार घर्तिलाई
राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिद्वारा स्थापित ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०७९’ बाट पत्रकार तथा वरिष्ठ अधिवक्ता मनोज घर्ती मगरलाई प्रदान गरिएको छ ।
नेपाल मगर पत्रकार संघ कास्कीले सञ्चालन गर्दै आएको उक्त पुरस्कारबाट मौलिक कौराहा संरक्षणको पक्षमा र पत्रकारितामार्फत उजागर गरेको भन्दै पत्रकार घर्तीमगरलाई पुरस्कार प्रदान गरिएको हो ।
राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार तथा नेपाल मगर पत्रकार संघ कास्कीको शाखाको दोस्रो अधिवेशनको अवसरमा पत्रकार घर्ती मगरलाई नगद रु १० हजार र ताम्रपत्रद्वारा पुरस्कृत गरिएको हो । पुरस्कृत घर्तीमगर अधिवक्ता समेत हुन् ।
यसैविच मगर पत्रकार कास्की शाखाले नेपाल मगर संघका केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र पुन मगर, ओम थापा मगर र एसटी क्रियसन नेपालले आयोजना गरेको पाँचौ संस्करणको मिस मगर नेपाल २०२२ को विजेता तथा रनरअफहरुलाई समेत सम्मान गरेको छ ।

यसअघि उक्त पुरस्कारबाट मौलिक कौराहा संरक्षणमा कलम चलाउँदै आएका पत्रकारहरु कमला राना मगर (नवलपुर), तिलक पुन पुर्जा (कास्की), प्रताप राना मगर (तनहु) र मान बहादुर घर्ती (एमबी आस्था) मगर (कास्की) पुरस्कृत भईसकेका छन् ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

